श्याम प्रसाद गिरी, अध्यक्ष, घरेलु उद्योग महासंघ
घरेलु उद्योग महासंघ नेपाल र नेपालीहरुको स्वाभिमानसँग जोडिएको छ । नेपालका उद्योगहरुको तुलनामा घरेलु उद्योगले मात्रै झण्डै ८० प्रतिशत हिस्सा ओगटेको छ । यही घरेलु उद्योग संघसँग सम्बन्धित घरेलु उद्योग महासंघका अध्यक्ष सँग यस अंकमा समेटका छौं ।
० घरेलु महासंघले महानगरपालिका, नगरपालिकालगायतका प्रमुखहरुलाई बोलाएर सम्मान गर्नुभएको छ । यसबाट के आशा राख्नुभएको छ ।
धेरै बर्षपछि स्थानीय निर्वाचन सम्पन्न भएको छ । स्थानीय निर्वाचनबाट जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरुलाई जनताका लागि काम गर्न प्रोत्साहन मिलोस् र नेपालको आर्थिक समृद्धि त्यो घरेलु उद्योग बाहेक विकल्प छैन भन्ने जानकारी गराउन र स्थानीय निर्वाचनमा सबै पार्टीहरुले भौतिक पूर्वाधारहरुको कुरा उठाएको देखियो नेपालको लघु घरेलु उद्योगतर्फ उहाँहरुको ध्यान नपुगेको हो कि भन्ने लागेर हामीले यो सम्मान कार्यक्रम राखेका हौं ।
अर्कोकुरा कृषि, जन, जंगल, जडीबुटी पशुपालन यी सबै साना तथा घरेलु उद्योग संघ सम्बन्धित छन् । राज्यले पनि आर्थिक समृद्धिको कुरा गरेको छ । डबल डिजिट त्यो दोहोरो आर्थिक बृद्धि गर्नको लागि नेपालको आफ्नो उत्पादन नबेच्दा सम्म सम्भावना देखिँदैन त्यसकारण नेपाल साना घरेलु उद्योग ३ लाख २० हजार विधिवत रुपमा दर्ता भएर काम गरिरहेका संस्थाहरु छौं । त्यसमा अहिले १ लाख ९० हजारले मात्र रितु गरेर चलाई रहेको अवस्था छ । यो आँकडा हेर्दा अन्य व्यवशायी तुलनामा ८० प्रतिशत हिस्सा घरेलु उद्योगले राख्छ अन्य ठुला उद्योगहरुको कुरा गर्दा जम्मा चारपाँच हजार मात्र छ । गुणात्मक भन्दा परिणात्मक र स्वदेशी उत्पादनको हिसावले हाम्रो हिस्सा ५.५ प्रतिश जिडीवीमा योगदान पु¥याइराखेका छौं । आउँदा दिनमा हामी अझै धेरै भन्दा स्वदेशी वस्तु उत्पादन गरेर स्वदेशमा नै रोजगारी सृजना गर्छौ त्यसका निम्ति स्थानीय अधिकारीहरुसँग समन्वय गरेका छौं । त्यसेमध्यको आजको हाम्रो कार्यक्रम हो ।
Janaakash Nepal leading news portal