Home / ताजा अपडेट / वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ्गको वर्चश्व

वैदेशिक रोजगार व्यवसायी संघमा रोहन गुरुङ्गको वर्चश्व

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारणसभाको निर्वाचनमा रोहन गुरुङ्ग प्यानलको वर्चश्व कायम गर्दै विजय हासिल गरेको छ उक्त निर्वाचनमा दुई प्यानल निर्माण गरेर चुनावी मैदानमा उत्रेका थिए जसमा पूर्व अध्यक्ष विमल ढकाल र रोहन गुरुङ संयुक्त समूहले उम्मेदवारी घोषणा गरेर झण्डै एकमहिना लामो प्रसार प्रसार कार्यक्रम गरेर असार ३० गते आर्मी अफिसर्स क्लब भद्रकालीमा रातको १० बजेबाट मतदान शुरु भएको थियो त्यस मतदान केन्द्रमा जम्मा ७९२ मत खसेको थियो ।
त्यसमध्ये विजयी अध्यक्ष रोहन गुरुङ्गले ४३४ उहाँका प्रतिद्वन्दी विमल ढकालले ३४१ मत ल्याई चित्त बुझाएका छन् भने गुरुङ्गको संयुक्त प्यालनबाट १४ जनाले विजय प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा ईश्वर के.सी., सदस्यहरुमा तेजमाया लिम्बु, सुरेश गौतम, सन्जु गुरुङ्ग, सविना श्रेष्ठ, प्रेम बहादुर विश्वकर्मा कुन्छादोर्जे दिमदोङ्ग, परमेश्वर अधिकारी बवन कुमार सिंह, प्रीतम बहादुर मगर रहेका छन् भने ढकाल समूहबाट उम्मेदवारी दिएका द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ्ग, कोषाध्यक्षमा राधिका कटुवाल सदस्यमा सुरज के.सी. ले मात्र विजय प्राप्त गरेका हुन् ।

About

Check Also

रामेछापका कलाकार राजधानीमा गर्जिए

काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाजको नवौं साधारणसभा सम्पन्न भएको छ । १८ गते बालाजुको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *