काठमाडौं । चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन)लाई चलचित्र पत्रकारहरुले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
चलचित्र पत्रकार संघका कार्यकारी सदस्य उत्सव रसाइलीलाई अभिनेत्री केसीले सामाजिक सञ्जाल फेसबुकबाट गाली बेइज्जती गरेको भन्दै संघले अभिनेत्री केसीसँग तीन दिनभित्र स्पष्टीकरण दिन माग गरेको छ ।
संघका सचिव वैकुण्ठराज पराजुलीले मंगलबार विज्ञप्ति जारी गरी तीन दिनभित्र स्पष्टिकरण नदिए केसीका समाचार बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
अभिनेत्री केसीले यसअघि पनि संघका साधारण सदस्य स्वस्तिका चिलुवाललाई भौतिक आक्रमणको धम्की दिएको संघले जनाएको छ ।
Janaakash Nepal leading news portal