Home / ताजा अपडेट / पानीको निकास नहुदाँ टोल दुर्गन्धीत

पानीको निकास नहुदाँ टोल दुर्गन्धीत

बाँके । नेपालगंज वडा नं. ६ मा संसदीय बिकास कोषबाट जिल्ला समन्वय समिति नेपालगंजले टेण्डर मार्फत १० लाख लागतमा पानी निकासका लागि निमार्ण गरिएको नालाको पानीको निकास नहुदा नाला दिन प्रतिदिन दुर्गन्धीत हुदै गए पनि स्थानीय निकायले कुनै चासो दिएको छैन् ।

स्थानीय निकायको निर्वाचन पश्चात नेपालगंजका मेयर, उप मेयर र वडा अध्यक्ष समिरजंग शाहलाई पानी निकासका लागि पहल गरी दिन आग्रह गरे पनि कुनै वास्ता नगरेको प्रति सार्वसाधरणहरु आक्रोश व्यक्र गरेका छन् ।

नाला भरेपछि सडकमै पानी जमेर तलाउ बन्ने गरेको छ । यता सम्वन्धित सरकारी कार्यालयले राजनितिक खिचा तानीकारण नालाले मूर्त रुप पाउन नसकेको वडा नं. ६ का अध्यक्ष शाहले बताए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख हरि प्याकुरेलले बस्तकोटी ठेकेदार कम्पनी मार्फत नाला निमार्ण भएको बताउदै उहाँले नाला निमार्र्ण गरी पानीको निकासको व्यवस्था समेत नगरी एक किस्ताको रकम फच्र्यौट भएको बताए ।

उहाँले निमार्ण कार्य पुरा नगरी सम्पर्क बिहिन बनेका ठेकेदारलाई तत्काल बोलाएर काम सुचारु गराउन उक्त निमार्ण कार्यको सुपरीबेक्षण गरेका इन्जीनियरलाई निर्देशन गरेको जिकिर गर्नु भयो ।

यता नेपाली काग्रेसका तर्फबाट संसद भएका बदशाह कुर्मीले नाला निमार्ण संगै नाला माथि पिलेट राख्ने र पिच सडक निमार्ण गर्नका लागि १० लाख रुपिया दिएका थिए तर जिल्ला समन्वय समिति बाँकेका इन्जिनियरको मिलोमतोमा नाला माथिको पिलेट नलगाई पानीको निकासको व्यवस्था नगरी काम सम्पन्न भएको भनी कागज तयार गर्ने प्रयास गरे पनि प्रमुख प्याकुरेल विकास निमार्णको काममा खरो रहेका कारण इन्जिनियरले कगाज तयार गर्न सकेका थिएन् ।

यता यूथ टुडे साप्ताहिकको कार्यालय अगाडि निमार्ण गरिएको नालाको पानी निकासका लागि तत्काल पहलगर्न सम्बन्धीत सबै सरोकारवाला निकाय संग सम्पादक शाक्ति कुमार बंशकारले अनुरोध गर्नु भएको छ ।

About

Check Also

हिमालय एअर लाइन्सबाट प्रधानमन्त्रीको चीन भ्रमण ।

प्रधानमन्त्री केपीशर्मा ओली तथा श्रीमती राधिका शाक्यसहित नेपाल सरकारका उच्चअधिकारी, व्यापारी तथा सञ्चारकर्मीहरु सम्मिलित टोली ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *