“बैंक पनि, साथीपनि”भन्ने मुलनाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवाप्रदानगर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआई सी एशिया बैंकले ग्राहकमहानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “अग्रीम ब्याज भुक्तानी मुद्दती खाता” संञ्चालनमाल्याएको छ ।
यस यँेजना अन्तरगत, ग्राहक महानुभावले कुनै पनि रकमको मुद्दती खाताखोली, खाताखोलेकै दिनमा११∞ को वार्षिक ब्याजका दरले हुनआउने ब्याजको अग्रीम भुक्तानी आनो एनआई सी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्नुहुनेछ । यस मुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोलेपनि सम्बन्धित अवधिकालागि ११∞ का दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । व्यक्तिगत र संस्थापकदुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८०∞ सम्मको कर्जा उपभोग समेत गर्न सक्नुहुनेछ । साथै यस्तो मुद्दती खाताखोल्ने ग्राहकहरुको रु ५लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाताखोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषताहरु बाट समेत लाभलिन सक्नुहुनेछ ।
नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालन माल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस अग्रिम ब्याज भुक्तानि मुद्दती खाता सिमीत अबधीका लागि मात्र संञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाइ यथासिघ्र यस सुबर्ण अवसरबाट प्रचुर लाभ उठाउन एनआई सी एशिया बैंकले अपिलगरेको छ ।
साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८५शाखा सहितनिजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जालभएको बैंक बन्न सफल यस बैंक १८८ एटिएम सहितमुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफलभएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ ।साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । त्यसैगरी वित्तीय परिसुचकांककाहिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुलनिक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आइरहेको पनि जनायको छ ।
Janaakash Nepal leading news portal