काठमाडौं । उपत्यका स्वयम्भू बस सेवा समितिको सातौं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट रामकृष्ण न्यौपानेको प्यानलै विजयी भएका छन् । अध्यक्षमा रामकृष्ण न्यौपाने, प्रथम उपाध्यक्षमा महेन्द्र बराल मगर, द्वितीय उपाध्यक्षमा पूर्णबहादुर बरुवाल, सचिवमा राजन खत्री, कोषाध्यक्षमा सुरज आचार्य, सहसचिवमा सिताराम भूजेल, कार्य समिति सदस्यहरुमा कुमार नगरकोटी, रामहरि श्रेष्ठ, रामकृष्ण मगर, मंगल महर्जन, अच्यूत प्रसाद रिजाल, भीमसेन गिरी सालिग्राम पण्डित, मनोज बस्नेत रहेका छन् ।
निर्वाचित कार्य समिति सदस्यहरु सबै पेशागत रुपमा यातायात श्रमजीवि वर्गबाट आएको हुनाले आउँदा दिनमा आशा लाग्दा कामहरु गरेर देखाउने अवसरको रुपमा लिएको निर्वाचित अध्यक्ष रामकृष्ण न्यौपानेले जन आकाश मिडियाको भेटघाटको क्रममा बताउनुभयो । यो निर्वाचित टिमलाई हाम्रो पनि बधाई ।
Janaakash Nepal leading news portal