Home / विज्ञान / प्रविधि / पुनेस्थित प्लान्टमा जेसीबीका ग्राहक

पुनेस्थित प्लान्टमा जेसीबीका ग्राहक

 

नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्ना ग्राहकलाई भारतको पुनेस्थित जेसीबीको मुख्य प्लान्टको भ्रमण आयोजना गरेको छ । भ्रमणमा जेसीबीका नेपाली ग्राहकले विश्वमै सबैभन्दा बढी विश्वास गरिएको हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीका एस्काभेटर, ह्विल्ड लोडर र कम्पाक्टरको निर्माण कसरी हुन्छ भन्ने अवलोकन गर्नु भएको थियो ।
पुनेस्थित प्लान्ट बेलायतबाहिर जेसीबीको सबैभन्दा ठूलो डिजाइन सेन्टर हो जहाँ चार सयभन्दा बढी इन्जिनियरले काम गर्छन् । वातावरणमैत्री यो प्लान्टमा जेसीबीका फेब्रिकेसनहरुको पनि उत्पादन गरिन्छ । यहाँ उत्पादन गरिएका मेसिनहरु भारतमा मात्र होइन अन्य ६५ मुलुकमा विक्रीवितरण हुने गर्छ ।
भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गर्नु भएको थियो । भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्टको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताउनु भयो । उहाँहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको पनि बताउनु भयो ।
‘प्लान्टमा कसरी ठूल्ठूला मेसिन उत्पादन गरिन्छ भन्ने हेरेर दंग परेँ । यहाँको प्रविधि देखेर नेपालमा मैले प्रयोग गरेका जेसीबी मेसिनमाथि झन् विश्वास बढेको छ । मलाई खुसी लागेको छ कि मैले जेसीबीलाई रोजेँ । अरुलाई पनि जेसीबीकै मेसिन प्रयोग गर्न म सुझाव दिनेछु,’ जेसीबी २२० एलसी एक्स्ट्रा प्रयोग गर्ने सुदनराज जोशीले भन्नुभयो, ‘जेसीबी मेसिन कसरी बनाइन्छ भन्ने हेर्न पाउनु ठूलो अवसर हो । यो दुर्लभ मौका दिएकोमा एमएडब्लुलाई धन्यवाद दिन चाहन्छु ।’
जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आवद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा विक्रीवितरण हुने गर्छ । हाल जेसीबीले तीनसयभन्दा बढी प्रकारका मेसिनको उत्पादन गर्छ भने अतुलनीय ग्राहक सेवाले गर्दा यसप्रतिको विश्वास विश्वव्यापी रुपमा फैलिएको छ ।
एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । विक्रीभन्दा पनि त्यसपछिको सेवालाई जोड दिने भएका कारण जेसीबीले आफूलाई नेपालकै नम्बर १ हेभी इक्विपमेन्ट ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ ।

About Janaakash Media

Check Also

नेपाल टेलिकमको आर्थिक वर्ष २०७४।७५ को उपलब्धी

    मोहन कार्की गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *