Home / अर्थ / वाणिज्य / ज्योति विकास बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्झौता

ज्योति विकास बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सम्झौता

 

मिति २०७५÷०१÷०७ गते शुक्रबार ज्योति विकास बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकको केन्द्रिय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरु मार्फत उक्त लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत श्री मनोज ज्ञवाली ज्यूले र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायब महाप्रवन्धक श्री कपिल कुमार ढकाल हस्ताक्षर गर्नुभएको छ । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।
हाल यस बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हाल सम्मबैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत रु.१३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ ।

About Janaakash Media

Check Also

एन आई सी एशिया क्यापिटलको दोश्रो वार्षिक साधारण सभा सम्पन्न ।

  मोहन कार्की एन आई सी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा २०७५÷०५÷१५ गते ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *