Home / विज्ञान / प्रविधि / नेपाल टेलिकमले आप्ना सेवाहरुको स्तरोन्नती बृद्धि गर्दै

नेपाल टेलिकमले आप्ना सेवाहरुको स्तरोन्नती बृद्धि गर्दै

नेपाल टेलिकमले आप्ना सेवाहरुको स्तरोन्नती गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।
कम्पनीले २०७५ असार मसान्तसम्म ४ सय किलोमिटर एडीएसएस (All Dielectric Self-Supporting System) अप्टिकल फाइबर जडान सम्पन्न गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्ममा ३ सय ७५ किलोमिटर जडान सम्पन्न भइसकेको छ । अव असार मसान्तसम्म थप १ सय ७५ किलोमिटर नेटवर्क जडान गर्ने कार्य सम्पन्न हुनेछ । आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक अवधिमा बाँकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको छ ।

हालसम्म सम्पन्न भएका नेटवर्कहरुमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसिपुर रहेका छन् । त्यसैगरी तामाकोशी पुल–खिम्ती–मन्थली–सिन्धुली बीचको ११५.८० किलोमिटर मध्ये ९० किलोमिटर सम्पन्न भएको छ भने बेनी–जोमसोम बीचको ११३.४४ किलोमिटर रुट मध्ये ९५ किलोमिटरमा अप्टिकल फाइबर जडान गर्ने कार्य सम्पन्न भइसकेको छ ।

यस्तै बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगञ्ज र कोहलपुर–लम्कीलाई जोड्ने १६३.२ किलोमिटर लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ । त्यस्तै केरखा–कोरोबारी र गौरादह–कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा छ । स्याफ्रुबेसी–रसुवागढी १५ किलोमिटर मध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको छ ।

अप्टिकल फाइबर नेटवर्कमार्फत पहाडी जिल्लाका सदरमुकामहरु र विभिन्न जिल्लाका नगरपालिका तथा सहरोन्मुख क्षेत्रहरु आवद्ध हुने छन् । ती पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायतका जिल्लाहरु हुन् । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरुमा अप्टिकल फाइबर जोडिने छन् ।

हाल सम्म नेपाल टेलिकमले कुल ५७ वटा जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ र चालु आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार कार्य सम्पन्न हुनेछ । मुलुकभरका ७७ जिल्ला सदरमुकाममा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ । यी जिल्लामा उपयुक्त प्रविधि प्रयोग गरी चरणबद्ध रुपमा कार्य सम्पन्न गर्ने योजना रहेको छ ।

कम्पनीले यस अघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बागलुङ,उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम,सल्यान, म्याग्दी, गोर्खा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, स्याङजा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, लमजुङ र रसुवा जिल्लाका सदरमुकामलाई अप्टिकल फाइबर नेटवर्कबाट जोड्ने कार्य सम्पन्न गरिसकेको छ । अप्टिकल फाइबर नेटवर्क विस्तार भए पछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुनेछ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले यो योजनालाई अगाडि बढाइरहेको छ ।

About Janaakash Media

Check Also

नेपाल टेलिकमको आर्थिक वर्ष २०७४।७५ को उपलब्धी

    मोहन कार्की गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तिय विवरण पश्चात् गत आर्थिक ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *