“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंक, एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “VISA International USD Credit Card” ” संञ्चालनमा ल्याएको छ ।
“VISA International USD Credit Card” प्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एन आई सी एशिया बैंकले] VISA International USD Credit Card को शुरुवात गरेको हो । नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषताहरु निम्नानुसार रहेका छन् ः
अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा
निःशुल्क e-commerce (Online Payment) को सुविधा
कर्जा सिमितको ५०% सम्म नगद झिक्न सकिने
१०% वा शत प्रतिशत भुक्तानीको व्यवस्था
अधिकतम ४५ दिन सम्म Service Charge Free Credit Period उपभोग गर्न सकिने
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १७३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४८ अर्ब पुगि निजिक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । अन्त्यमा, यस VISA International USD Credit Card को प्रयोगबाट बढी भन्दा बढी ग्राहकमहानुभावहरुले उच्चतम लाभ उठाउनु हुनेछ भन्ने विश्वास लिएका छौ ।
Janaakash Nepal leading news portal