Home / समाज / चितवनमा ६ वर्षपछि पुन खुल्यो त्रिविको कृषि क्याम्पस,

चितवनमा ६ वर्षपछि पुन खुल्यो त्रिविको कृषि क्याम्पस,

 

भुत्याहामा केन्द्रिय कार्यालय, रामपुरमा ईन्जिनियरिंग कलेज बन्ने
सुबोध नेपाल,
असार २३,चितवन
त्रिभुवन विश्व विद्यालयबाट भिन्नै कृषि तथा वन विज्ञान विश्वविद्यालय बनेपछि चरम विवादमा भएको रामपुर कलेज ,त्रिविअन्तर्गत चितवनको रामपुर कृषि क्यम्पस विगत ६ वर्षदेखि चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले मात्रै कृषि क्याम्पस सञ्चालनमा रहेको थियो।
त्रिवि अन्तर्गतको कृषिका कक्षाहरू अन्यत्रै सरेका थिए। तर हाल ६ वर्षको अन्तरालपछि , पुन त्रिविले चितवनको खैरहनीमा कृषि क्याम्पस पुन स्थापना भएको छ। चितवनको रामपुरबाट सारेर पुर्वी चितवनको खैरहनीमा लगी क्याम्पस स्थापना गरेको छ ।
आज एक कार्यक्रमका बीच क्याम्पसका त्रिवीका उपकुलपति डा तीर्थ खनियाले उदघाटन गरेका छन् । पुन हाललाई स्नातकमा ५० जना विद्यार्थी अध्ययन गर्ने गरी क्याम्पस सञ्चालन भएको जानकारी प्रप्त भएको छ । यहाँ रामपुरमा २०६९ देखि कक्षा रोकिएको थियो।
खनियाका अनुसार चितवनसँगै हाल त्रिवीको चार वटा आंगिक क्याम्पस छन् ।एउटा लमजुङको सुन्दरबजारमा, अर्को भैरहवा पक्लिहवामा यसअघि नै सञ्चालन भएका हुन् ।भने झापाको गौरादहमा हाल पहिलो पटक कृषि क्याम्पस स्थापना भएको छ ।चितवनमा त्रिभुवन विश्वविद्यालयले २०१४ सालमा नै जेटिए कक्षा सञ्चालन गरेको थियो। २०२९ सालदेखि कृषिको कक्षा सुरु गरेका थिए ।पछिल्लो पटक कृषि विश्वविद्यालय स्थापनको प्रक्रियासँगै अस्तव्यस्त र चरम राजनीति लागेर कृषि क्याम्पसको पठनपाठन समेतमा बाधा भैई प्रभावित भएको थियो।
पछिल्लो समयमा स्वामित्वको विवाद समेत मिल्दै गए लगतै अब भने त्रिविले चितवनमा कृषि क्याम्पस हटाउन नहुने सहमति सहित कक्षा सञ्चालन गन थालेको हो।
उपकुलपति ले भने म र चिवतन बासीका नाताले चितवनको कृषि क्याम्पसको बोर्ड हट्नु हुन्न भनेका हौ , जनआकाश पत्रिकासग कुरा गदै , त्रिविका उपकुलपति डा तीर्थ खनियाले भने,चितवन कृषिले पुरानो इतिहास जोडिएको छ। विगतको स्मरण गर्दै उनले त्रिभुवन विश्वविद्यालयसँग सहमति नै नगरी एक प्रकारको आक्रमण गरेर कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालन गरेको बताए। जसले विगत ६ वर्षदेखि रोकिएको कृषि क्याम्पस अहिले सुरु गरेर चलाएकोमा खुसी व्यक्त पनि गरेका छन् ।रामपुरलाई नेपालकै केन्द्र मानेर कृषिका गतिविधि भैई कृषिमा नेपालकै पहिलो बन्न पुगेको छ । फेरि कृषि डिन यहाँ रत्ननगर र खैरहनीको नगरप्रमुख तथा क्याम्पस प्रमुख समेत रामपुरमै पढेका छन् ।आवश्यक सहयोग खैरनी नगरपालिकाले गर्नै प्रतिबद्धता जनाएपछि कृषि क्याम्पस खैरहनीमा स्थापना गर्न सजिलो हुने बताए ।रामपुरमा कृषि क्याम्पस राख्दा विवाद आउन सक्ने भएकाले सारेरल्याइएको जानकारि दिनुभयो । गीताभक्त जोशीको नेतृत्वमा बनेको एक समितिको प्रतिवेदन अनुसार नै उक्त क्याम्पसलाई खैरहनीमा सञ्चालन गरिएको पुल्चोक ईन्जिनियरिङ क्याम्पसका डिन त्रिरत्न बज्राचार्यले जानकारि दिनुभयो ।
रामपुरमा भने ईन्जिनियरिङ कलेज खुल्ने बताउदै ,साविक कृषि क्याम्पस भएको चितवनको रामपुरमा भने इन्जिनियरिङ कलेज बन्ने भएको छ। त्रिभुवन विश्वविद्यालयका डिन प्रा डा‍ तीर्थ खनियाले रामपुरमा ४० विगाहा ईन्जिनियरिङका लागि जग्गा रहेको खुलसा दिनुभयो ।
उनले यहाँको कलेज पुल्चोकको भन्दा अत्याधुनिक र प्रविधियुक्त हुने समेत जानकारि दिए । भरतपुर महानगरसँग मिलेर कलेज स्थापनाको पहल थालिएको छ। कामचलाउ खालको नभई ठुलो रुपमा लैजाने बताए। नेपाल सरकारले बजेट लगाउन नसक्ने अर्बौं लाग्ने भएकाले एडिवी, विश्व बैंक विभिन्न ठाउँको सहकार्यमा इन्जिनियरिङ कलेज खोल्ने उनको भनाई रहेको छ ।भरतपुर महानगरसँगको सहकार्यका लागि छलफल समेत भएको बताए ।
कृषि क्याम्पसको केन्द्रीय कार्यालय चैनपुरमा बन्नेचितवनको खैरनी नगरपालिका ४ स्थित कंकाली वनअन्तर्गत चैनपुरको भुत्याहामा कृषि क्याम्पसको केन्द्रीय कार्यालय स्थापनाको पहल सुरु भएको छ। सामुदायिक वनले उपभोग गर्न अनुमति दिएको छ।अहिले डिपिआर तयार गर्ने क्रममा रहेको डा खनियाले बताए। यहाँ भने ३५४ विगाहा जग्गा छनोट भईसकेको बताए । डिपिआर र इआइए गरेर सरकारको अनुमतिमा काम गरिने छ। हेटौँडामा १०० विगाहा जग्गा त्रिविको रहेको छ ।यसअघि चितवनको शक्तिखोरमा कृषि क्याम्पसको केन्द्रीय कार्यालय बन्ने भनेर हल्ला चलेको थियो। तर सेनाको गण बसेको र औद्योगिक क्षेत्र बन्ने भएकाले यहाँ ठाउँ अभाव भएको गुनासा मात्र हुन । त्यसपछि ठाउँ खोज्दै जाँदा भुत्याहामा ठाउँ छनोट भएको हो।डा खनियाले बताए ।

About Janaakash Media

Check Also

लागु औषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सञ्चारकेन्द्रमा सम्पन्न

  काठमाडौ । देशमा लागु औषधको दुव्र्यसनीहरु बढ्दै गएकोप्रति ध्यानाकर्षण गर्दै आज सञ्चारकेन्द्र नेपालले ‘लागु ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *