Home / खेलकुद / हयाम्स अस्पतालमा खेलकुद स्वास्थ गोष्ठी सप्पन्न ।

हयाम्स अस्पतालमा खेलकुद स्वास्थ गोष्ठी सप्पन्न ।

 

राजधानीको धुम्बाराहि स्थित हयाम्स अस्पतालले रास्ट्रीय खेलाडीहरुलाई लक्षित गरेर आज एक समारोहका बिच खेलकुद स्वास्थ सम्बन्धि गोष्ठी आयोजना गरिएको छ।अस्पतालका अध्यक्ष श्री रामशरण भन्डारीले स्वागत गर्नु भएको कार्यक्रममा बरिस्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला ,हयाम्स हस्पिटलका हाडजोर्नी तथा स्पोर्ट्स मेडिसन विशेषज्ञ डा । भास्कर राज पन्त ,डा बिज्ञान भन्डारी ,डा सन्दीप भन्डारी,डा प्रशान्त अधिकारी र फिजियोथेरापिस्ट डा रबिन्द्र बस्नेत द्वारा आफ्नो बिषयमा खेलकुद स्वस्थ समन्धी मन्तव्य राख्नुभयो।सोहि अबसरमा खेलकुद प्रतियोगिताबाट हुने चोटपटक लगाएत दीर्घकालीन रोगबारेमा समेत छलफल गरिएको थियो।यस कार्यक्रमबाट खेलमैदान र प्रशिक्षण मा हुने चोटपटक लगाएत बाट कसरी बच्ने र चोट लागेमा कसरी उपचार भन्ने बारेमा जनचेतना जगाउनु रहेको अस्पतालले जनाएको छ ।कार्यक्रममा रास्ट्रीय खेलाडीहरु महेश्वर महर्जन एसियन बडि बिल्डिङ्ग स्वर्ण पदक०,राजकुमार रसाइली ११औ दक्षिण एसियाली गेम्स उसुतर्फ स्वर्ण पदक,कमला पुन भलिबल रास्ट्रीय खेलाडी कृष्ण लाल तामाङ साम्बो रास्ट्रीय खेलाडी ,सन्तोष साउद मिक्स मार्सल आर्ट्स रास्ट्रीय खेलाडी म्याक्स बस्नेत प्रो बक्सिङ खेलाडी र भाबना सुनुवार स्क्वास रास्ट्रीय खेलाडी लाई अस्पतालको तर्फबाठ अभिनन्दन गरिएको थियो।सोही अबसरमा बुडानिलकन्ठ नगरपालिका मेयर श्री उद्धब खरेल, राखेपाका बिभागिय प्रमुख,एब संघ सस्थाको पदाधिकारीहरु उपस्थित रहेका थिए।डिएन घिसिङको समायोजनमा भएको सो कार्यक्रममा रास्ट्रीय खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो।

About Janaakash Media

Check Also

स्कुटर डे’ मनाउँदै यामाहा

काठमाडौं यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *