Home / अर्थ / वाणिज्य / ज्योति विकास बैंकको दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकको दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

मोहन कार्की
श्रावण ९, २०७५ काठमाडौं

ज्योति विकास बैंक लि. ले आज आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौंैं वर्षमा प्रवेश गरेको छ । यस बैंकको स्थापना २०६५ साल श्रावण ९ गते भएको हो । बैंकले आफ्नो दशौं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा सदाझै यस वर्ष पनि बैंकको कमलादी स्थीत प्रांगणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा पनि सम्लग्न हुँदै आएको छ जस अन्तर्गत यहि आषाढ २८ गते नागरिक दैनिक पत्रिकाको अघिल्लो पृष्ठमा प्रकाशित “बिपन्नताले पुछिएको सिन्दुर” शिर्षकमा प्रकाशित समाचार अनुसारको मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोका संग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले निजलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्च का लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ । साथै बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरिएको छ । त्यस्तै बैंकको वर्दिबास शाखाबाट पनि धनुषामा अवस्तिथ लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका छन् ।
बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ भने १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारिकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ ।
यस विकास बैंकको हाल मुलुक भरिमा ६० वटा शाखा संजाल तथा २० वटा ब्त्ः मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आ.व. भित्र यस बैंकले ९० वटा शाखाहरु पु¥याउने लक्ष्य सहित कार्य गरिरहेको जानकारी गराउँदछौं । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । हालसम्म बैंकले २ लाख भन्दा बढि खाताबाट रु. १९ अर्व ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व ९ करोड ऋण लगानी गर्न सफल भएको छ ।
.

About Janaakash Media

Check Also

गुराँस लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

  एन आई सी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *